अछाम । नेकपा एमालेका नेता भीम रावलको गृहजिल्ला अछाममा नेपाली कांग्रेस अगाडि देखिएको छ ।
अछामका दुई पालिकाको नतिजा सार्वजनिक हुँदा दुइटै पालिकामा कांग्रेसले जित हासिल गरेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।

कमलबजार नगरपालिकामा नगर प्रमुखमा कांग्रेसका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा एमालेका शारदा विष्ट कुँवर विजयी भएका छन् ।
कांग्रेसका ढकाल ४ हजार २ सय २८ मतले विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका कटक साउद ४ हजार ६५ पाए ।
यस्तै, उपप्रमुखमा एमालेका शारदा विष्ट ४ हजार ५ सय २८ विजयी ए । उनका प्रतिद्वन्द्वी कांग्रेसका गौरी विष्ट भण्डारी ३ हजार ६ सय ४८ मत प्राप्त गरिन् ।
नगरपालिकाको ७ वटा वडामा एमालेका वडा अध्यक्ष विजय भएका छन् । कांग्रेसले २ वडामा जित हासिल गरेको छ ।
यस्तै, नगरपालिकाको वडा नम्बर १ मुलिमा स्वतन्त्र उम्मेदवार भक्तबहादुर बोहरा विजयी भएका छन् भने ढकारी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर साउद र उपाध्यक्षमा कांग्रेसकै नेत्रकलादेवी शाही विजयी भएका छन् ।
साउदले ३ हजार १ सय ८१ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार धर्मबहादुर शाहीले २ हजार ५ सय ५५ मत पाए । उपाध्यक्षमा कांग्रेसकै शाहीले ३ हजार १ सय मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका मायादेवी बुढाले २ हजार ५ सय ७३ मत ल्याइन् ।











