
तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिकामा नेपाली काग्रेस विजयी भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार अर्जुन माबोहाङ ५१३९ मतसहित निर्वाचित भएका हुन् ।
प्रतिस्पर्धामा रहेका नेकपा एमालेका गणेशकुमार लिम्बू ३३४४ मत प्राप्त गर्दै पराजित भए ।
उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेदवार निर्वाचित भएका छन् । उपमेयरका उम्मेदवार जमुना मगर ४८८७ मतसहित निर्वाचित हुँदा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छविमाया तिम्सिना ३५९४ मतसहित पराजित भए ।
दोस्रो कार्यकालका लागि मेयर निर्वाचित माबोहाङ मुन्धुमविद् समेत हुन् ।











