Logo
Logo

पाटन नगरपालिकामा कांग्रेस र माओवादी विजयी


3.1k
Shares

बैतडी । बैतडीको पाटन नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा नेपाली कांग्रेसका गौरी सिंह रावल ६ हजार ८६९ मत ल्याइ निर्वाचित भएका हुन् ।

रावलले नेकपा एमालेका उम्मेदवार नारायण भण्डारीलाई १ हजार ५७९ मत अन्तरले पराजित गरे । भण्डारीले ५ हजार २९०मत ल्याए ।

उपमेयरमा माओवादी केन्द्रका कमल सिंह बोहरा ५ हजार ७५१ मतसहित निर्वाचित भएका छन् । एमालेका उम्मेदवार हरु भट्टले ५ हजार ४२७ मत ल्याए ।

पाटनमा काग्रेस र माओवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो ।

प्रतिक्रिया दिनुहोस्