
काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले अग्रता फराकिलो बनाउदै लगेका छन् ।
सिंहले पछिल्लो परिणामअनुसार ४ हजार १ सय ५० मतको अग्रता लिएका छन् । १४ हजार ४ सय ९६ मत गणना हुँदा उनले ७ हजार २ सय ४५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय कुमार सरावगीले ३ हजार ९५ मत पाएका छन् । राप्रपाका गिरिश गिरीले २ सय ४३ मत पाएका छन् । यसैगरी उपमेयरमा काँग्रेसका इम्तियाज आलम ४ हजार ८ सय ८८ मतका साथ अगाडि छन् ।
उनलाइ लोसपाका पुरुषोत्तमलाल झाले ७ सय ७३ मतका साथ पछ्याइरहेका छन् । अहिले वडा नम्बर १ , २ , ३ , ४ , ३० र ३१ को मतगणना जारी छ ।











