
काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्षमा कांग्रेसका बवीकुमार राई र उपाध्यक्षमा माओवादीका दिनेश पौडेल निर्वाचित भएका छन् ।
मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणामअनुसार राईले ८ हजार २ सय ५३ र पौडेलले ५ हजार ६ सय २६ मत प्राप्त गरेका हुन् । अध्यक्षमा पराजित एमालेका नरेन्द्रप्रसाद ढुङ्गेलले ४ हजार ९ सय १६ र र उपाध्यक्षमा पराजित एमालेकै निर्मला राईले ५ हजार ४ सय ५५ मत ल्याए ।
मिक्लाजुङमा काँग्रेसले ५ तथा माओवादी र एमालेले २२ वटा वडा जितेका छन्।











