Logo
Logo

बालेन ४४५७ मतले अगाडि


504
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेन ४ हजार ४ सय ५७ मतले अगाडि छन् ।

पछिल्लो परिणामअनुसार बालेन्द्रले ९ हजार ६ सय १४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितको ५ हजार १ सय ५७ मत छ । नेपाली कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् । उनले ४ हजार ४ सय ७७ मत प्राप्त गरेकी छन् । यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलको पनि फराकिलो अग्रता कायमै छ ।

उनले ९ हजार ४ सय २१ मत प्राप्त गर्दा एकिकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले २ हजार ६ सय ६४ र राप्रपाकी बिनिता मगैयाले २ हजार ४ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस्