Logo
Logo

सर्लाहीको बलरा नगरपालिकामा माओवादी विजयी


2.1k
Shares

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । मेयरमा माओवादी केन्द्रका रामाशंकरप्रसाद कुशवाहा र उपमेयरमा कोशिला देवी निर्वाचित भएका हुन् ।

कुशवाहाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अभयकुमार सिंहलाई एक हजार १२ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

कुशवाहाले ४ हजार ६४३ मत प्राप्त गरेर निर्वाचित हुँदा सिंहले ३ हजार ६३१ मत प्राप्त गरे । नगरप्रमुखमा पराजित सिंह निवर्तमान नगरप्रमुख हुन् ।

उपमेयरमा निर्वाचित माओवादीकी देवीले ४ हजार ३५१ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्दी लोसपाकी रागनदेवीले ३ हजार ७४० मत पाईन् ।

प्रतिक्रिया दिनुहोस्