Logo
Logo

फोनिजका वर्तमान र निवर्तमान संघीय सदस्य पालिका उपाध्यक्ष निर्वाचित


2k
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)का वर्तमान र निवर्तमान संघीय समितिका दुई सदस्य स्थानीय तह निर्वाचनमा विजयी भएका छन् ।

बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाका र ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाकामा उपाध्यक्ष निर्वाचित भएका हुन् ।

सोलुखुम्बुको नेचा सल्यानमा फोनिजका वर्तमान संघीय समिति सदस्य बिना राई उपाध्यक्ष निर्वाचित भएका छन् भने ताप्लेजुङको आठराई त्रिवेणीमा पूर्व संघीय समिति सदस्य शान्ता आङ्बुहाङ लिम्बू उपाध्यक्ष निर्वाचित भएका हुन् ।

विना नेपाली कांग्रेसबाट सो गाउँपालिकामा उम्मेदवारी बनेका थिए भने नेकपा एमालेका उम्मेदवार थिए ।

शान्ता नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्