Logo
Logo

केपी ओलीको गृहनगरमा राप्रपाले लियो ८०२ मतको अग्रता


7.3k
Shares

गठबन्धन–राप्रपा तालमेलका मेयर र उपमेयरका उम्मेदवार

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले अग्रता कायम राखेको छ ।

सत्तारुढ गठबन्धनसँगको तालमेलमा राप्रपाका मेयर उम्मेदवार रामकुमार थापाले ८०२ मतको अग्रता लिएका हुन् । थापाले हालसम्म ७८३० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेबाट मेयरका उम्मेदवार गीता अधिकारीले अहिलेसम्म ७०२८ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट नेपाली कांग्रेसका उपमेयर उम्मेदवार रेगिना भट्टराईले ७४७५ मतसहित अग्रता कायम गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अम्बिकाप्रसाद खनालले ६९३८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्