Logo
Logo

पोखरामा अग्रता फराकिलो बनाउँदै गठबन्धन


1.9k
Shares

काठमाडौं । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनले अग्रता बढाएको छ ।

गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ९ हजार १ सय ६५ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ७ हजार ७ सय ७४ मत प्राप्त गरेका छन्।

यसैगरी उपमेयरमा गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाट ९ हजार ४ सय ६१ मतसहित अघि छन् ।

एमालेका मञ्जुदेवी गुरुङ ८ हजार ८ सय ३१ मतसहित दोस्रो स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्