
काठमाडौं । रामेछापको लिखु तामाकोसी गाउँपालिका ७ मा नेकपा (माओवादी केन्द्र)का युवा नेता कैलाश दर्लामी मगर विजयी भएका छन् । दर्लामी ९४२ मतसहित उनका प्यानलै विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार इन्द्रबहादुर बुढाथोकीले ४९१ मत ल्याएर पराजय ब्यहोरे ।
वडा सदस्यहरु विक्रम तामाङ, सरोजकुमार आलेमगर, कल्पना पाण्डे र डम्बरकुमारी रसाइली निर्वाचित भएका छन् ।
दर्लामी नागरिक खबर डटकमका सम्पादक समेत हुन् ।














