
काठमाडौं । ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन विजयी भएको छ ।
गठबनधनबाट अध्यक्ष उम्मेदवार लालकृष्ण चौहान ३ हजार ३ सय ४३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोस चाम्लिङले ३ हजार २ सय ७५ प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा गठबनधनबाट माओवादीका डा. चित्र मावो ३ हजार ४ सय ६९ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका तुलसा बस्नेतले २ हजार ३ सय ९० मत प्राप्त गरिन् ।
८ वडा रहेको यो पालिकामा ४ वडा कांग्रेस, २ एमाले तथा माओवादी र स्वतन्त्रले १–१ वडा जितेका छन् ।











