Logo
Logo

शाहीलाई ओलीबाट धोका



काठमाडौं । सुरुमा प्रतिगमनविरुद्ध उभिएका तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले मेयरको उम्मेदवार बनाउने भनेर एमालेमा फर्काए । केन्द्रीय नेताको आश र भरोसामा शाही मेयर पदको लोभले एमाले फर्किए ।

२०७४ सालमा मेयर जितेका शाहीले २०७९ सालको चुनाव जित्न विकासका धेरै परियोजना ल्याए । तानसेनको ग्रामीण भेगमा स्वावलम्बन, कृषिलगायतका धेरै काम गरे । त्यस कामबाट महिला, युवा, ग्रामीण किसानहरु लाभान्वित भएका छन् ।

कोरोनाकालमा पनि शाहीले कृषि एम्बुलेन्समार्फत तरकारी घरघरमा पु¥याएका थिए । यो कार्य नेपालमै पहिलो थियो । स्थानीय उत्पादनलाई यसरी नै कृषि एम्बुलेन्समार्फत घरदैलो पु¥याउने हो भने कृषक र उपभोक्ता लाभान्वित हुनेछन् ।

२०५४ र २०७४ मा निरन्तर मेयर पदमा जितेका शाहीलाई यसपटक पनि मेयर बन्ने सपना थियो । त्यसैले ०७४ पछाडि उनले विकास, निर्माणका कामलाई प्राथमिकतामा राखेर जनताको मन जित्ने प्रयास गरे । तर, यसपटक टिकट दिने बेलामा उनलाई ओलीले धोका दिए । ओलीले १० बुँदे पक्षधर भनेर शाहीसँग प्रतिशोध साँधे । प्रदीप ज्ञवालीका नाता पर्ने धनेन्द्र घिमिरेलाई मेयरको टिकट दिए । जसका कारण ०५४ र ०७४ मा एमालेले जित्दै आएको तानसेन नगरपालिकामा एमालेले यसपटक नराम्रो हार व्यहोर्नुपरेको छ ।

करिब २३ हजार मतदाता रहेको तानसेन नगरपालिकामा यसपटक ६० प्रतिशत मतदान भयो । एमालेको बलियो पकड हुँदाहुँदै पनि टिकट दिने बेला शाहीमाथि धोका भएकै कारण अधिकांश एमाले कार्यकर्ता रुष्ट भए ।

एमालेमा ५०० मतले भए पनि मेयर जित्छौं भन्ने दम्भ पलायो । फलस्वरुप विगतमा एमालेको गढ भनेर चिनिने वडा नं. १, ३, ५ मा एमाले गल्र्यामगुर्लुम ढल्यो ।

एमालेका असन्तुष्ट पक्षले गठबन्धनका उम्मेदवारलाई भित्रभित्रै मत दिए । जसका कारण तानसेन नगरपालिकामा उठ्नै नसक्ने गरी ढलेको छ । एमालेबाट विद्रोह गरेर समाजवादी पार्टीमा लाग्ने कार्यकर्ताहरुको संख्या कम भए पनि यादवबहादुर रायमाझीजस्ता इमान्दार नेताका कारण समाजवादीको भूमिका पाल्पाको राजनीतिमा सशक्त बन्दै गएको छ ।

तानसेन नगरप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसले पूर्वक्याम्पस प्रमुख सन्तोषलाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ । स्वच्छ छविका प्राज्ञिक व्यक्ति भएकोले पनि नगरका अधिकांश बौद्धिक समुदायहरु श्रेष्ठप्रति आकर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्