
काठमाडौं । भरतपुर महानगरपालिकाको १८ हजार ८ सय ८३ मत गण्ना सकिएको छ । जसमा मेयर उम्मेदवार रेनु दाहालले १ सय ६३ मतको अग्रता लिएकी छन् ।
दाहालले ६ हजार ३ सय १९ मत प्राप्त गरेकी छन् । एमालेका विजय सुवेदीले ६ हजार २ सय मतसहित दाहाललाई पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ८१ मत ल्याएका छन् ।
उपमेयरमा पनि कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायम छ । उनले ७ हजार ६ सय ९९ र राप्रपाका हिमला गुरुङले ५ हजार ८२ मत ल्याएका छन् ।











