
काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादीका अमरराज माखिम ६०६५ मतसहित विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरेन्द्रकुमार बस्नेत ४०४६ मतसहित पराजित भए ।
मिक्लाजुङ उपाध्यक्ष पनि गठबन्धनले नै जितेको छ । गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार सन्तकुमार सेर्मा ५५४२ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका धनमाय सारु ३३७२ मतसहित पराजित भए ।
माओवादी केन्द्र माखिम दोस्रोपटक निर्वाचित भएको हो ।














