Logo
Logo

प्रमुख सचेतक विशाल भट्टराईको गृहपालिकामा एमाले पराजित


6.4k
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादीका उदिमबहादुर राई विजयी भएका हुन् ।

उदिमले नेकपा एमालेकी कविता राईलाई ३८ मतान्तरले पराजित गरे । उनले ३ हजार ७२८ मत ल्याए भने कविताले ३ हजार ६९० मत प्राप्त गरे । कविता यसअघि सोही गाउँपालिकाको उपाध्यक्ष थिए ।

खोटेहाङको उपाध्यक्षमा पनि एमाले पराजित भएको छ । उक्त गाउँपालिका उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका छन् । उपाध्यक्षमा विजयी कांग्रेसका रुपेशले ३ हजार ७३७ र पराजित एमालेका राजन बञ्जाराले ३ हजार ३१० मत ल्याए ।

यसअघि जितेका जिल्लाका सबै पालिका गुमाएको एमालेले यो पालिका पनि रक्षा गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्