
काठमाडौं । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट निर्वाचित भएका छन् ।
विष्टले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जगत प्रसाद पोखरेललाई १ हजार १ सय ९८ मत अन्तरले हराएका हुन् । विष्टले ६ हजार ८ सय ९८ र पोखरेलले ५ हजार ७ सय मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा भने नेकपा एमालेकी कमलापती चौधरी निर्वाचित भएकी छन् । उनी ६ हजार ६ सय ७४ मतसहित विजयी हुँदा कांग्रेसका हरिप्रसाद भुसालले ५ हजार ४ सय ९६ मत पाए ।
यो लुम्बिनी प्रदेशको राजधानी रहेको पालिका हो ।











