Logo
Logo

उद्योगमन्त्री बडूको गृहजिल्लामा कांग्रेस ‘क्लीन स्वीप’


5.2k
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ ।

प्रतिनिधि सभामा उनी लड्दै आएको दार्चुलाको नौ स्थानीय तहमध्ये पाँच नेकपा एमाले र चार नेकपा माओवादी केन्द्रले जितेको हो ।

एमालेले शैल्यशिखर र महाकाली नगरपालिकाहित दुहुँ, ब्यास र मालिकार्जुन गाउँपालिका जितको छ भने माओवादीले अपि हिमाल, नौगाड, मार्मा र लेकम गाउँपालिका जितेको छ ।

शैल्यशिखरमा विजयसिंह धामी, महाकालीमा नरसिंह चैसिरर, दुहुँमा नरेन्द्रबहादुर सिंह, ब्यासमा मंगलसिंह धामी र मालिकार्जुनमा हिरासिंह धामी प्रमुख÷अध्यक्ष्मा निर्वाचित भएका छन् ।

अपि हिमालमा भक्तसिंह बोहोरा, नौगाडमा दलजीत सिंह धामीर, मार्मामा जमनसिंह धामी र लेकममा रामदत्त जोशी निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा कांग्रेसले पाँच पालिका जित हात पारेको थियो । ०७४ सालमा कांग्रेसले महाकाली नगरपालिका, दुहुँ, ब्यास, मालिकार्जुन र शैल्यशिखर गाउँपालिकामा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्