Logo
Logo

चीनका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन


2.7k
Shares

काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । मंगलबार सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो ।

दुवैविरुद्ध समितिमा उजुरी परेको थिएन । अन्य १८ जना प्रस्तावित राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न बुधबार बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्