Logo
Logo

जुम्लामा पाँच वडाध्यक्षमा एकीकृत समाजवादी विजयी


630
Shares

जुम्ला । जुम्लामा नेकपा एकीकृत समाजवादी पार्टी ५ वटा वडामा निर्वाचित भएको छ । स्थानीय तह निर्वाचनमा जुम्लाका ८ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार पाँच वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो ।

त्यस्तै, चन्दननाथ नगरपालिका– ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले २७९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका कमलबहादुर महतले २३९ मत प्राप्त गरे ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हिमा गाउँपालिका–२ वडाको वडाध्यक्षमा समाजवादी पार्टीका हरिबहादुर रोकाया निर्वाचित भएका छन् । उनले १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी माओवादीका जयबहादुर रोकायाले १११ मत प्राप्त गरेका छन् ।

सोही गाउँपालिका–७ वडाध्यक्षमा समाजवादीका विक्रमबहादुर शाही निर्वाचित भएका छन् । उनले २६० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका वीरजित रोकायाले १८० मत प्राप्त गरे ।

यस्तै, कनकासुन्दरी गाउँपालिका–७ को वडाध्यक्षमा समाजवादीका तेजबहादुर जिसी निर्वाचित भएका छन् । उनले २८८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका अजबहादुर रोकाय १८० मत प्राप्त गरी पराजित भएका हुन् ।

यस्तै, गुठीचौर गाउँपालिका–२ को वडाध्यक्षमा समाजवादीका दिपबहादुर रोकाया निर्वाचित भएका छन् । उनले ३२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उजिलो बुढाले ३१३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्