Logo
Logo

सिन्धुपाल्चोक चौताराकाे मेयरमा माओवादी र उपमेयरमा एकीकृत समाजवादी विजयी


43.6k
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा गठबन्धन विजयी भएको छ । नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयरमा नेकपा एकीकृत समाजवादीका सीता थापा निर्वाचित भएका छन् ।

यहाँ माओवादी र समाजवादीले चुनावी तालमेल गरेका थिए । अघिल्लो निर्वाचनमा भने माओवादी एक्लैले जितेको थियो ।
मेयरमा निर्वाचित सापकोटाले ११ हजार ७२ मत पाए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रबहादुर नेपालले ६ हजार ७८५ पाए । त्यस्तै नेपाली कांग्रेसका केशवराज गिरिले ६ हजार २ सय ४५ मत ल्याए ।

त्यस्तै, उपमेयरमा नेकपा एकीकृत समाजवादीकी थापाले ९ हजार ७ सय २६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी बालकुमारी सापकोटाले ६ हजार ८७७ मत र नेपाली कांग्रेसकी तुल्सीकुमारी श्रेष्ठले ५ हजार ७ सय ६० मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्