बारा । बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार राजन पौडेलले मेयरमा अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवार रहेका माओवादी केन्द्रका पौडेलले १४०७७ मत ल्याएर अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका सरस्वतीदेवी चौधरीले १३०५१ मत ल्याएकी छन् ।

यस्तै, उपमेयरमा एमालेका भोलाप्रसाद अधिकारीले अग्रता लिएका छन् । अधिकारीको १३३४३ मत रहेको छ । उनले गठबन्धनका मेघा शाहीलाई पछि पारेका छन् । कांग्रेसका शाहीको १२५२९ मत छ ।
यसअघिको निर्वाचनमा जितपुर–सिमरामा एमालेका कृष्णप्रसाद पौडेल विजयी भएका थिए । उनले अहिले अग्रता लिएका माओवादीका राजन पौडेललाई पराजित गरेका थिए ।











