Logo
Logo

त्रिपुरासुन्दरी नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी


1.2k
Shares

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

मेयरमा एमालेका जनचन्द्र रोकाया २२०४ मत ल्याएर विजयी भएका छन्। उनीसँग पराजित नेपाली कांग्रेसका मेयरका उम्मेदवार चन्द्रलाल धरालाले १५९६ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै देवी घर्तीले १८५६ मत ल्याएर विजयी भएकी छन् । उपमेयरमा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार काली चलाउनेले १२९० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्