Logo
Logo

सिटिजन्स बैंकका ग्राहकलाई र्याडिसन होटलमा छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले र्याडिसन होटलमा छुट पाउने भएका छन् । बैंक र होटलबीच बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले लाजिम्पाटस्थित र्याडिसन होटल साथै सो होटलद्वारा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चालित लाउन्जबाट प्रदान गरिने सेवाहरुमा समेत विशेष छुट पाउनेछन् ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्