Logo
Logo

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई ६२० मतको अग्रता


1.1k
Shares

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ६२० मतान्तरको अग्रता लिएका हुन् ।

पछिल्लो मत परिणाम अनुसार राईले नौ हजार १४० मत पाएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका किशोर राईले ८ हजार ५२० मत पाएका छन् । एमालेकी उम्मेदवार मञ्जु भण्डारीले भने ६ हजार ८९३३ मत पाएका छन् ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ९ हजार ४ सय ३० मत ल्याउँदा एमालेका उम्मेदवार पदमबहादुर लिम्बूले ९ हजार ७९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्