काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ३ हजार २७८ मतको फराकिलो अग्रता लिएका हुन् ।
पछिल्लो मतपरिणाम नुसार रेनुले १७ हजार ४३७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले १४ हजार १५९ मत पाएका छन् ।
उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले १९ हजार ९९५ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ११ हजार ३१७ मत पाएका छन् ।














