काठमाडौं । चितवनको राप्ती नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका गोविन्दप्रसाद कँडेललाई पराजित गरेका हुन् । लामाले १२५२४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कँडेलले १२०५१ भोट पाए ।
उपमेयरमा कांग्रेसका देवेन्द्र लामा १२४४८ मत ल्याएर निर्वाचित भए । उनले एमालेकी मेनुका पाठकलाई पराजित गरेका हुन् । उनले १२४४८ भोट ल्याइन् ।














