Logo
Logo

विदुरमा कांग्रेसका श्रेष्ठ र माओवादीका बोगटी विजयी



काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्‍ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएका छन् । मेयरमा निर्वाचित श्रेष्ठले १४ हजार ३१६ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सन्जु पण्डितलाई ३ हजार ६१२ मतान्तरले पराजित गरेका हुन् । पराजित सन्जु पण्डितले १०,७०४ मत ल्याइन् ।

उपमेयरमा निर्वाचित माओवादी केन्द्रका उम्मेदवार प्रभा बोगटीले ११ हजार ६०६ मत सहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अम्बिका नेपालले १० हजार ५४४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्