Logo
Logo

काठमाडौं-२९ मा कांग्रेसको प्यानलै विजय



काठमाडौं । काठमाडौँ महानगरपालिका–२९ मा नेपाली कांग्रेसका तर्फबाट कुश ढकाल प्यानलैसहित विजयी भएका छन् ।

ढकालले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी शिवराम राजवंशीलाई ५० मतले पछि पार्दै विजय भएका हुन् । ढकालले एक हजार ९२१ मत प्राप्त गर्दा राजवंशीले एक हजार ८७१ मत प्राप्त गरे ।

त्यसैगरी सदस्यमा कांग्रेसका अनिलकुमार श्रेष्ठ र सन्तोष ढुङ्गेल विजयी भए । महिला सदस्यतर्फ कांग्रेसको रेनु श्रेष्ठ र दलित महिला सदस्यमा सङ्गीता पुजारी विजय हुनुभएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।

त्यस्तै प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २८ हजार ११२ मत प्राप्त गरी अग्रता कायम गरे । एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ९८३ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६६९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्