Logo
Logo

महोत्तरी भँगाहाको प्रमुखमा लोसपा र उपप्रमुखमा कांग्रेस विजयी


441
Shares

महोत्तरी । महोत्तरीको भँगाहा नगरपालिका प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सञ्जीवकुमार साह विजयी भएका छन् । साह ५ हजार ६१७ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय मण्डलले ५ हजार ३५४ मत पाए ।

यस्तै, उपप्रमुखमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकी शान्तिकुमारी सिंह विजयी भएका छन् । उनले ५ हजार ७७५ मत पाउँदा लोसपाकी गंगाकुमारी सिंह दनुवारले ५ हजार ३५५ मत पाए ।

प्रतिक्रिया दिनुहोस्