
बाजुरा । दृष्टि मिडिया प्रा.लि. अन्तर्गत संचालित दृष्टि साप्ताहिक र दृष्टिन्यूज डटकमका पूर्व सहकर्मीद्वय अमरबहादुर खड्का र नन्दा थापा मेयर र उपपमेयर निर्वचित भएका छन् ।
स्थानीय तह निर्वाचन अन्तर्गत बाजुराको बडीमालिका नगरपालिकामा खड्का मेयर र थापा उपमेयर निर्वाचित भएका हुन् ।
मेयरका उम्मेदवार खड्काले ४ हजार १९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका मेयर उम्मेदवार धनराज पण्डितलाई पराजित गरेका हुन् । पराजित पण्डितले ३ हजार ५५२ मत पाए ।
त्यसैगरी, उपाध्यक्षमा विजयी थापाले ४ हजार २३३ मत प्राप्त गर्द निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राधिकाकुमारी शाहीले ३ हजार ३५१ मत पाए ।
मेयर निर्वाचित खड्काले दृष्टि साप्ताहिकमा एकदशक काम गरेका थिए भने उपमेयर निर्वाचित थापा उपमेयरको उम्मेदवार नभएसम्म दृष्टि साप्ताहिक र दृष्टिन्यूज डट कममा सम्वाददाताको रुपमा कार्यरत थिए ।














