Logo
Logo

निर्माता छवि ओझाविरुद्ध नायिका पोखरेलको उजुरी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार ।
फिल्म निर्माता र्माता छविराज ओझाको तेस्रो बिहे पनि संकटमा परेको छ । अभिनेत्री शिल्पा पोखरेलसँग गुपचुमा बिहे गरेकामा उनीहरुबीच पनि विवाद बढेको छ । विवादपछि पोखरेलले ओझाविरुद्ध काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन्। छलफलका लागि दुवैलाई प्रहरीले बोलाएको छ ।


अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग करिब २०७३ सालको दशैंमा सुटुक्क विवाह गरेका थिए। तर पनि आफूहरुको बिहेलाई उनीहरुले गोप्य नै राख्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्