Logo
Logo

अभियुक्त छुटाउन इन्सपेक्टरलाई ९० हजार घुस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ असार ।
जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबु प्रसाद साहविरुद्ध मुद्दा दायर भएको छ । लागु औषध मुद्दामा पक्राउ परेका अभियुक्तलाई छुटाउने भन्दै उनले ९० हजार रुपैयाँ घुस लिएका थिए ।


तर, अभियुक्त नछुटेपछि उनीविरुद्ध उजुरी परेको थियो । करिब दुई वर्षअघि नै उनलाई प्रहरीले निलम्बन गरेको थियो । नुवाकोटको एसपीमा बसन्त कुँवर हुँदा उनी निलम्बनमा परेका थिए । हाल आएर अख्तियारले सोही घुस प्रकरणमा उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्