Logo
Logo

एमालेलाई निर्वाचनले गतिलो जवाफ दियो : प्रचण्ड


2.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनले संविधान मास्न चाहनेहरुलाई गतिलो जवाफ दिएको बताएका छन् ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचन नै नहुने हो कि भन्ने चिन्ताको विषय रहेको बेला सम्पन्न निर्वाचनले संविधान मास्न चाहनेहरुलाई गतिलो जवाफ दिएको बताएका हका हुन् ।

नेकपा एमालेप्रति इङ्गित गर्दै अध्यक्ष प्रचण्डले भने– ‘विगतमा संविधान मास्ने काम भएको थियो । संविधान मास्न चाहनेहरुलाई जनताले निर्वानमार्फत गतिलो जवाफ दिएका छन् ।’

निर्वाचनमार्फत जनताले संविधान मास्न खोज्नेहरुलाई सवक सिकाएको भन्दै प्रचण्डले संविधानको रक्षा र कार्यन्वयनको सन्दर्भमा नेपाली जनता यसरी नै अघि बढ्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्