Logo
Logo

ओलीको गन्थनको जवाफ दिनुपर्छ भन्ने छैन : गगन थापा


4.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि केपी शर्मा ओलीले संसदको रोष्ट्रममा उभिएर गन्थन प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभाको बैठकमा प्रि–बजेटबारे छलफलमा बोल्दै उनले केपी ओली अहिले रन्थनिएको अवस्थामा रहेकाले जे बोले पनि त्यसको जवाफ दिइरहन नपर्ने समेत बताए ।

महामन्त्री थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलमा प्रारम्भमै घण्टौंको गन्थन प्रस्तुत भैसकेपछि केही साथीहरूले भन्नुभयो, गन्थनमा व्यक्त भएको प्रत्येक कुराको उत्तर दिनुपर्छ । तर, मलाई त्यस्तो लाग्दैन । विचारमा टिप्पणी हुन्छ तर, कुण्ठामा त्यस्तो केही पनि हुँदैन ।’

उनले कुण्ठामा केवल सहानुभूति मात्र हुने बताए । ओलीतिर लक्षित गर्दै थापाले भने, ‘यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ । पलेटी कसेर बोले पनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्