Logo
Logo

दलहरूबीच फेरि पनि सहमति र समझदारीको आवश्यता देखियो : प्रचण्ड


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले फेरि पनि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति र समझदारीको आवश्यक्ता देखिएको बताएका छन् ।

शििनबार प्रतिनिधिसभा बैठकमा प्रि–बजेटमाथि छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘देशको आर्थिक समस्या समाधान गर्नका लागि भएपनि पुनः राजनीतिक एकता र समझदारी आवश्यक छ ।’

अध्यक्ष प्रचण्डले अर्थतन्त्रमा देखापरेका समस्याहरू, दलहरूभित्र देखापरेका समस्या र अन्तर दलबीच देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमति र समझदारी आवश्यक परेको बताउँदै भने, ‘अहिले एकले अर्कालाई दोषारोपण गर्ने र घोचपेच गर्नेक्रम बढेको छ । तर, यसरी समस्या समाधान हुने स्थिति छैन । यो समस्या समाधान गर्न संवाद, एकता र समझदारीको माध्यमबाट अघि बढ्नुपर्छ ।’

उनले संविधानसभाबाट संविधान घोषणा भएपछि देश दोस्रो निर्वाचनको तयारीमा रहेको बताए । प्रचण्डले भने, ‘भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचन यस्तो समयमा सम्पन्न भयो, जुन बेला हामी संविधानसभाबाट बनेको संविधान कार्यान्वयन प्रक्रियामा नै दुर्घटनामा पर्ने हौं कि भन्ने गम्भिर परिस्थिति बन्यो ।’

उनले थपे, ‘गत साल हामीले जे भोग्यौँ । हामीले जसरी संविधानको रक्षाका निम्ति लोकतन्त्रको रक्षाका निम्ति र राष्ट्रियताको रक्षाका निम्ति सडकमा जानुपर्ने परिस्थिति बन्यो । हामी सबै त्यो परिस्थितिबाट गुज्रेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्