Logo
Logo

ओलीलाई प्रचण्डको चुनौती- माओवादीको सहयोगविना प्रधानमन्त्री बनेर देखाउनुस्


4.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीको सहयोगविना प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।

ओलीले बारम्बार माओवादीलाई ‘बैसाखी’को रुपमा व्याख्या गर्दै आलोचना गरेको विषयलाई लिएर प्रचण्डले विगतमा मओवादीकै सहयोगमा दुई पटक प्रधानमन्त्री भएका ओलीलाई अब माओवादीको सहयोगविना प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका हुन् ।

संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रचण्डले भने– ‘ओलीजीले बारम्बार माओवादीदाई बैसाखीको रुपमा चित्रित गर्दै हुनुहुन्छ । दुई पटक माओवादीले प्रधानमन्त्री बनाएको होइन ? त्यो बैसाखी थियो कि के थियो ? म चुनौती दिन्छु अबको निर्वाचनपछि माओवादीको सहयोगविना एक्लै प्रधानमन्त्री भएर देखाउनुहोस ।’

प्रचण्डले विगतमा गठबन्धनकै आधारमा सरकार बन्ने गरेको बताउँदै त्यसको आधारमा प्रधानमन्त्री बनेको नबिर्सन समेत ओलीलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्