Logo
Logo

जुम्लाका सांसदको कटाक्ष- ‘बलिदान’को ठाउँमा ‘ओलीदान’ राखौं


5.7k
Shares

काठमाडौं । जुम्ला क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले बलिदानलाई अस्वीकार गरेको भन्दै ‘बलिदान’को ठाउँमा ‘ओलीदान’ लेख्नुपर्ने भन्दै कटाक्ष गरेका छन् ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुने क्रममा सांसद महतले एमाले अध्यक्ष ओलीले वर्तमान व्यवस्था ल्याउन बलिदान गर्नेहरुको अवलमूल्यन गरेको भन्दै यस्तो कटाक्ष गरेका हुन् ।

सांसद महतले नेपाली शब्दकोषका दुई शब्द सच्याउनुपर्ने भन्दै कटाक्ष गरे । ‘बलिदान’ शब्दलाई ‘ओलीदान’ बनाउनुपर्ने भनेको सांसदन महतले ‘दानवीर बली’लाई पनि ‘दानवीर ओली’ बनाउनुपर्ने धारणा राखे ।

उनले भने– ‘दुई वटा शब्द सच्याउनु पर्यो । अब ‘दानवीर बली’लाई सच्याएर दानवीर ओली राख्नु पर्ने भयो । बलिदानको ठाउँमा बलि हटाउनुपर्ने भयो, ओली राख्नु पर्ने भयो, ओलीदान । किनभने बलिदानलाई त उहाँ स्वीकार्नु हुन्न, ओलीदानलाई मात्र उहाँ स्वीकार्नु हुन्छ । त्यसकारण बलिदानको ठाउँमा ‘ओलीदान’ र ‘दानवीर बली’को ठाउँमा ‘दानवीर ओली’ राख्नु पर्ने भयो ।’

नीति तथा कार्यक्रमको छलफलका क्रममा एमाले अध्यक्ष ओलीले जनयुद्धसँग जोडिएका विषयमा राखेका धारणाहरुप्रति असहमति जनाउँदै सांसद महतले यस्तो कटाक्ष गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्