Logo
Logo

निर्वाचन प्रक्रिया र परिणाममा संशय गर्नु उपयुक्त हुँदैन : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका क्रममा भएका छिटपुट घटनालाई लिएर समग्र प्रक्रियामा प्रश्न उठाउनु उपयुक्त नहुने बताएका छन् ।

सरकारको नीति र कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले छिटपुट घटनालाई लिएर समग्र प्रक्रियामा प्रश्न उठाउनु उपयुक्त नहुने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भने– ‘एकैपटक, एकैसाथ निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण विषय हो । साधन र स्रोतको सीमितताका बीच पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको छ । छिटपुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त हुँदैन ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारम्बार निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेको बेला प्रधानमन्त्री देउवाले जनमतलाई स्वीकार गर्नुको विकल्प नभएको जवाफ समेत दिएका छन् । सार्वभौम जनता नै निर्णयाक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नहुने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्