Logo
Logo

तारा एयरको जहाज दुर्घटना, थप विवरण आउँदै


11.3k
Shares

काठमाडौ । पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरकाे विमान दुर्घटनमा परेको सरकारी संचारमाध्यम नेपाल टेलिभजनको अनलाइन संसकरणमा उल्लेख छ ।

विमानमा चालकदलका सदस्यसहित १९ जना यात्रु रहेको जनाइएको छ । टेलिभिजनले आफ्नो कास्की संवाददातालाई उदृत गर्दै विमानमा ४ जना भारतीय तथा ३ जना जापानीज नागरिक र बाँकी नेपाली रहेकाे बताइएको छ ।

विमान आज विहान करिव १०ः ३० बजेदेखि सम्पर्कविहिन भएको पोखरास्थित विमानस्थलका अधिकारीहरुलाई उद्दत गर्दै नेपाल टेलिभिजनका प्रतिनिधिहरुले जनाएका छन ।

जोमसोङतर्फ उडेको विमानले आफ्नो रुट छाडेर धवालगिरीतर्फ लागेपछि सम्पर्क नभएको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्