काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९–एन एइटी कल साइनको ट्विनअटर विमान दुर्घटनामा परेको छ । विमान मुस्ताङको लेतेमा ठोक्किएर थासाङमा दुर्घटना आशंका गरिएको छ ।
तीन जना चालकदलका सदस्य, ६ जना विदेशी र १३ जना नेपालीसहित २२ जना सवार विमान लेतेको भीरमा ठोक्किएर ठूलो आवाज आएको थियो । घटनाको पुष्टी हुन बाँकी छ ।

आइतबार बिहान ९ः५५ बजे उडेको जहाज उडेको १५ मिनेट नबित्दै सम्पर्कविहीन भएको पोखरा विमानस्थलले जनाएको छ । अहिले उक्त विमानको खोजी कार्य जारी रहेको छ ।
दुर्घटनामा परेको विमानको खोजी गर्न नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ गएको छ । तर उक्त क्षेत्रमा बाक्लो बादल र पानी परिरहेका कारण खोजी कार्यमा कठिनाइ भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले टेलिफोनमा जानकारी दिएका छन् ।
विमानमा सवार १९ यात्रु र ३ जना चालक दलका सदस्यको नामावली :
१ इन्द्रबहादुर गोले
२ पुरुषेत्तम गोले
३ राजनकुमार गोले
४ वसन्त लामा
५ गणेशनारायण श्रेष्ठ
६ रवीना श्रेष्ठ
७ रस्मी श्रेष्ठ
८ रोजिना श्रेष्ठ
९ प्रकाश सुनुवार
१० मकरबहादुर तामाङ
११ राममाया तामाङ
१२ सुकुमाया तामाङ
१३ तुल्सादेवी तामाङ
१४ अशोककुमार त्रिपाठी
१५ धनुष त्रिपाठी
१६ ऋतिका त्रिपाठी
१७ युवी विल्नर
१८ वैभवी बाण्डेकर
१९ मिक ग्र्याट
चालकदलका सदस्यः
१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
२ सहायक पाइलट उत्सव पोख्रेल
३ विमानपरिचारिका क्रिस्मी थापा











