Logo
Logo

स्थिरता, उत्पादनशीलता र रोजगारी वृद्धि बजेटको विशेषता


693
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले उत्पादनमा आधारित अर्थतन्त्र निर्माण, उच्च आर्थिक वृद्धि हासिल गर्ने, रोजगारी सिर्जना र गरिबी निवारण गर्ने उद्देश्य राखेको छ ।

संघीय संसदमा जारी बजेट प्रस्तुत गरिरहेका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटले उत्पादनमा आधारित अर्थतन्त्र निर्माण, उच्च आर्थिक वृद्धि हासिल गर्ने, रोजगारी सिर्जना र गरिबी निवारण गर्ने उद्देश्य राखेको बताएका छन् ।

मुद्रास्फीति नियन्त्रण, प्रदेश र स्थानीय तहमा साधन र स्रोत बाँडफाँट गरी संघीयतालाई बलियो बनाउने बजेटको विशेषता रहेको उनले बताएका छन् ।

बजेटले उत्पादन र उत्पादकत्व बढाउने, मानव संसाधान विकास र पुँजी निर्माण, जलविद्युत् उत्पादन विकास, प्रसारणलाइन, पर्यटन क्षेत्रको पुनरुत्थान विपद् जोखिम न्यूनीकरण, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, निर्यात बढाउने कुरालाई प्राथमिकता अर्थमन्त्री शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्