काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड विनियोजन गरेको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
त्यस्तै सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउने उद्देश्य लिएको छ । उनले पर्यटन क्षेत्रलाई आया आर्जको स्रोत रुपमा स्थापित गरिने पनि बताए ।











