
काठमाडां । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । हालै मात्र सर्वोच्च निर्माण रोक्न भनेको विमानस्थलका लागि सरकारले बजेट विनियोजन गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माद्वारा संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमार्फत लगानी बोर्डमार्फत लगानीको ढाँचा निर्माणगरी निजगढ विमानस्थल आयोजना विकास कार्य अघि बढाउन बजेट निनियोजन गरिएको हो ।
सरकारले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई पूर्णरुपमा सञ्चालनमा ल्याउन पनि बजेट विनियोजन गरेको छ ।
त्यसैगरी, त्रिभुवन विमानस्थलको चाँपलाई व्यवस्थित गर्न ट्याक्सी वे थप र दोस्रो टर्मिनल भवन बनाउन २ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
हवाई तथा यात्रु चाँपको आधारमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणलाई अगाडि बढाउने बजेट व्यवस्था गरिएको छ।
त्यसैगरी धनगढी विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलमा रुपान्तरण गर्न सम्भाव्यता अध्ययन गरिने गरिने छ ।











