काठमाडौं । सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने व्यवस्था गरेको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
आधिकारिक व्यक्ती र कम्पनीमार्फत मात्रै घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था गर्ने उनले बताए ।
आगामी वर्ष यो व्यवस्था महानगर र उपमहानगरमा लागू हुने छ र त्यसपछि अन्यत्र लागू हुने बताइएको छ ।











