काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट घटाएको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सात अर्ब पाँच करोड बजेट छुट्याएको जानकारी दिए ।
यो बजेट चालु आर्थिक वर्षको तुलनामा झण्डै पाँच अर्बले कम हो । चालु आर्थिक वर्ष यो कार्यक्रमका लागि १२ अर्ब बजेट छुट्याइएको छ ।
यो कार्यक्रम केपी शर्मा ओली नेतृत्वको सरकाले आर्थिक वर्ष २०७५/७६ बाट अघि सारिएको हो ।











