
काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ ।
आगामी आर्थिक वर्षका लागि संसदमा अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
सोही कार्यक्रमार्फत प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिइने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।











