काठमाडौं । सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नेलाई सरकारले सम्मान गर्ने भएको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै समाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्नेलाई सम्मान गर्ने घोषणा गरेका हुन् ।
आगामी वर्षदेखि ६८ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भत्ता दिने उनले बताए ।











