काठमाडौं । सरकारले मदन भण्डारी राजमार्गका लागि दुई अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
चालु आवमा यो कार्यक्रमका लागि तीन अर्ब २० करोड बजेट विनियोजन गरिएको थियो ।














