काठमाडौं । सरकारले रेलवे र मेट्रो रेलका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
उनले जनकपुर जयनगर रेलमार्ग विस्तार गर्ने तथा काठमाडौंमा मेट्रो रेलको अध्ययन प्रकृया अगाडि बढाउने बताए ।














